2077-06-28
2077-06-28
जिल्ला प्रशासन कार्यालय स्याङ्गजाकाे मातहतमा रही यस वालिङ् ईलाका प्रशासन कार्यालयबाट शान्ती सुरक्षा र सुव्यवस्था कायम गर्नको साथै यस क्षेत्रका स्थाई नागरिकाहरुको लागी नेपाली नागरिकताको प्रमाण पत्र जारि गर्ने, नावालक परिचयपत्र जारी गर्ने, राहदानी फारम संकलन गर्ने र तयारी राहदानी जारी गर्ने, अभिलेख प्रमाणीकरण गर्ने, दलित, जनजाति प्रमाणीत गर्ने जस्ता सेवाहरु प्रदान गर्नुका साथै नेपाल सरकार गृह मन्त्रालय एवम् राहदानि विभागद्धारा निर्देशित कार्यहरु तथा प्रमुख जिल्ला अधिकारीको अधिकार प्रत्यायोजन एंव निर्देशन बमोजिम अन्य विविध कार्यहरु यस कार्यालयको मुख्य कार्य हो ।
स्याङ्गजा जिल्लाको जनसंख्या, भौगोलिक अवस्था एंव स्थानिय जनताको माग वमोजिम २०५७/०५/२७ गते यस ईलाका प्रशासन कार्यालय वालिङ्को स्थापना भएको हो । साविकका ३१ वटा गा.वि.सहरु एंव हालको चापाकोट न.पा, वालिङ् न.पा, गल्याङ् न.पा. कालीगण्डकी गा.पा.का सबै वडाहरु भीरकोट न.पाका ४,५ र ९ नं. वडाहरु, हरिनास गा.पाका ५,६,७ नं वडाहरु तथा विरुवा गा.पा का ६,७ र ८ नं वडाहरु यस कार्यालयको कार्य क्षेत्र भित्र पर्दछ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, वालिङ्ग, स्याङ्जा .